ad ad

छापा खबर


कमला नदीमा अनौठो भूत मेला

कमला नदीमा अनौठो भूत मेला

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १:६,

‘दिनानाथ कि जय हो’ भन्दै नदीमा डुबुल्की लगाउँदै थिए। देवीदेउताकोे नाम पुकार्दै उनीहरू नदीमा बर्बराउँदै थिए।

सोमबार सिरहा–धनुषाको साँधमा पर्ने कमला नदीमा बिहानैदेखि हजारौंको भीड थियो। हातमा बेत (लठी) बोकेका व्यक्ति (धामी) इसारा देखाउँदै थिए।

गेरुवा वस्त्रमा सजिएका महिला र पुरुष (भक्त) हा, हु गर्दै थरथरर्र काँप्दै थिए। उनीहरूको जीउमा देवीदेवता चढेको हाक दिइरहेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सिरहाबाट शम्भु यादवले लेखेका छन्।

यो दृश्य हेर्न नदी कनारामा मानिसको घुइँचो लागेको थियो। प्रत्येक वर्ष नदीकिनारमा लाग्ने यस्तो भीड जनबोलीमा ‘भूत मेला’ भनिन्छ।

नदीमा स्नान गर्नुअघि उनीहरूले हातहातमा माटोको ढकन र बेत लिएका थिए। गुरु (धामी) इसारामा उनीहरू भूत खेलिरहेका भनिएको थियो। ढकनामा आगो राखेर बालिएको धुप बालिएको थियो। दनदनी बलिरहेको त्यो ढकना उदाउँदो सूर्यलाई देखाएर उनीहरू स्नान गर्न नदीमा पसिएका थिए। यसरी नुहाएर तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास छ।

प्रत्येक वर्ष कात्तिक पूर्णिमामा सर्लाही, धनुषा, महोत्तरी, सप्तरीलगायत जिल्लाबाट हजारौं हजार मानिस आउँछन्। सूर्यको प्रकाश नदीको पानीमा परिसकेको थियो। एक–एक गरी भक्त गुरुको इसारामा नदीमा डुबुल्की लगाइरहेका थिए। आ–आफ्ना देवीदेउतासँग वचनबद्धता धामीमार्फत गरे। यस्ता थुप्रै दृश्य सोमबार बिहानैदेखि कमला नदीमा देखिन्थ्यो।

आआफ्नो घरको कुल देवीदेउता रिझाउन स्नान गर्न आएको उनीहरूले सुनाए। आइतबार रातिदेखि नै बस, ट्याक्टर, कार, जिप चढेर गाउँगाउँबाट नदीकिनार पुग्नेको लर्को देखिन्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .