छापा खबर


कक्षा १२ को परीक्षामा बेथिति : १३ घन्टाअघि नै प्रश्नपत्र आउट, परीक्षा हलमै टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट

कक्षा १२ को परीक्षामा बेथिति : १३ घन्टाअघि नै प्रश्नपत्र आउट, परीक्षा हलमै टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट

नेपालखबर
मंसिर १४, २०७७ आइतबार २:३०,

९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ।

बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरूको फेसबुक ग्रुपमा आइसकेको थियो। ‘बुटवलमा अघिल्लो साँझ ७ बजे केही व्यक्तिमाझ प्रश्नपत्र पुगेको थियो। भोलिपल्ट पेपर पाएपछि शिक्षकहरूले सामाजिक सञ्जालमा आएको र परीक्षाका लागि मेलमा पठाइएको पेपर एकै भएको देखेपछि तत्काल पनिकालाई जानकारी गराएका थिए,’ ती शिक्षक भन्छन्, ‘परीक्षा बोर्डका अधिकारीले गल्ती स्वीकार नगरी उल्टै शिक्षकलाई प्रहरी लगाएर समात्ने धम्की दिएपछि कुरा सेलायो।’

यसबारेमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य-सचिव, परीक्षा उपनियन्त्रक र प्रदेश परीक्षा कार्यालय प्रमुख पूर्ण जानकार रहेको उनी बताउँछन्।

कोरोना संक्रमणको जोखिम कम गर्न कक्षा–१२ को परीक्षामा होम सेन्टर (आ–आफ्नै विद्यालयमा परीक्षा केन्द्र) कायम गरिएको छ । तर, विद्यार्थीलाई सहज बनाउन मिलाइएको यस्तो व्यवस्था दुरुपयोग भएको पाइएको छ । परीक्षा केन्द्रहरूले परीक्षालाई मर्यादित बनाउन सकेका छैनन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

कतिपय परीक्षा केन्द्रमा विद्यार्थीले हलभित्रै मोबाइल प्रयोग गरी ‘चिटिङ’ गर्ने, भित्रै भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्नेलगायत गतिविधि भइरहेका छन् । कतिपय केन्द्रले परीक्षाको मर्यादा कायम गर्न नसक्दा अशोभनीय गतिविधि सार्वजनिक भएका हुन् ।

आफ्नै शिक्षकले उत्तरपुस्तिका जाँच गरेपछि प्राप्तांक र उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने व्यवस्था छ । तर, विद्यार्थीलाई सहज बनाउने उद्देश्यले कायम गरिएको होम सेन्टरको व्यवस्था दुरुपयोग गर्दै परीक्षा केन्द्रमा सिकाउने, चिट चोराउनेलगायत गतिविधि भइरहेका छन् । त्यस्ता बेथिति विद्यालयभित्रै छिपेका छैनन्, निर्धक्क धमाधम बाहिर आइरहेका छन्।

परीक्षाका विषयमा बाहिर आएका घटनाको जिम्मेवार परीक्षा केन्द्र, केन्द्राध्यक्ष र शिक्षक हुने शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad