छापा खबर


कक्षा १२ को नतिजाः कसैको आएन जीपीए ४

कक्षा १२ को नतिजाः कसैको आएन जीपीए ४

नेपालखबर
साउन १४, २०७६ मंगलबार ३:२३,

कक्षा १२ अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैको पनि आउन सकेन।

३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।

उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

शर्माका अनुसार गत वर्षमा जस्तै यसपालि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या सबभन्दा बढी छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी थिए । गतवर्ष कक्षा ११ को परीक्षामा एक विद्यार्थीले मात्र उत्कृष्ट ४.०० जीपीए ल्याएका थिए ।

४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य रहे पनि समग्रमा नतिजा सुधारोन्मुख रहेको परीक्षा नियन्त्रक शर्माले दाबी गरे।

‘गत वर्ष पनि कक्षा १२ मा ४ जीपीए ल्याउने विद्यार्थी थिएनन्,’ उनले भने । कम जीपीएबाट माथिल्लो जीपीए ल्याउने परीक्षार्थीको संख्या उच्च रहेको उनको भनाइ छ । गत वर्ष पनि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या नै अधिक थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad