ad ad

छापा खबर


काठमाडौं उपत्यकामा मात्रै २० हजार बढी संक्रमित

काठमाडौं उपत्यकामा मात्रै २० हजार बढी संक्रमित

नेपालखबर
असोज ११, २०७७ आइतबार १:४८,

नेपालमा पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये २० हजार ६ सय ९८ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन्।

शनिबारसम्ममा काठमाडौंमा १६ हजार ८ सय ५० जना, ललितपुरमा १९ सय ९५ र भक्तपुरमा १८ सय ५३ जना संक्रमित भएका छन्। गत २४ घण्टामा मात्र ७ सय २४ जना संक्रमित भएका हुन्।

संक्रमित हुनेमध्ये धेरै संख्या २१ देखि ५० वर्षभित्रका उमेर समूह रहेको राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। एक महिनादेखि उपत्यकाको संक्रमण दर देशभरिको नयाँ संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपत्यकामा मात्र भइरहेको पाइएको खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेका छन।

उपत्यकामा निषेधाज्ञामा पनि कोरोना नियन्त्रण हुन नसकेको र लकडाउन खुलेपछि थप वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यका बाहिर घनाबस्ती भएको सहर चितवन, मोरङ्ग र रुपन्देहीमा पनि संक्रमणमा वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ। उपत्यकामा घनाबस्ती हुनुले भौतिक दूरी कायम हुन नसक्नाले संक्रमण नियन्त्रण हुन नसकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .