छापा खबर


कांग्रेसले भन्यो : चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी

कांग्रेसले भन्यो : चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १:४७,

नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको छैन भन्नु सरकारको हतारको टिप्पणी भएको बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै 'सीमा मिचिएको छैन' भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गर्नु हतार भएको टिप्पणी गरेका हुन्।  

स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै 'सीमा मिचिएकै छैन' भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको कांग्रेसको ठहर छ।

वुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लाको लिमी क्षेत्रमा चीनले सिमाना नमिचेको बताएका थिए। २०७३ सालमा सरकारको अन्तरमन्त्रालय छानविन समितिले ति क्षेत्रमा निर्माण गरिएका भवन सीमा क्षेत्र भन्दा १ किलोमिटर पर भएको देखिएको उनले प्रष्ट्याएको खबर आजको नागरिक दैनिकमा छ।

सरकारको जिल्ला स्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेको भनाई छ।

‘अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्ष पछि सीमा मिचिएको हो/होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का राखेन’, कांग्रेले भनेको छ।

नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकताबारे वस्तुगत अध्ययनकै क्रममा रहेको शर्माले जानकरी दिएका छन्।  

सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने कांग्रेसको बुझाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .