ad ad

छापा खबर


यी हुन कांग्रेसमा नेतृत्वका लागि १० आकांक्षी

यी हुन कांग्रेसमा नेतृत्वका लागि १० आकांक्षी

नेपालखबर
असोज ८, २०७७ बिहिबार १:५५,

नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन।

कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट दुई नेताले पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका हुन्।

आकांक्षी बढेसँगै कांग्रेसभित्र हाल कायम गुटसमेत फुट्ने देखिएको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन।

संस्थापन मानिएको समूहबाट आगामी महाधिवेशनका लागि सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले तयारी अघि बढाएका छन्।

यसैगरी इतर समूहबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला र अर्का नेता अर्जुननरसिंह केसीले तयारी गरिरहेका छन्।

यसैगरी कांगेसभित्रको तेस्रो धारका रूपमा रहेको सिटौला समूहबाट नेता सिटौला र युवा नेता गगन थापाले पार्टी नेतृत्वका लागि तयारी गरिरहेका छन्।

सभापति देउवाले पार्टी नेतृत्वका लागि पुनः एक पटक इच्छा देखाउँदै सोहीअनुसारको तयारीमा नेता कार्यकर्तालाई तयार गरिरहेका छन् भने गत सोमबार भएको एक भर्चुअल कार्यक्रममा समेत आउँदो निर्वाचनमा पार्टीलाई आफूले पहिलो बनाएरै छाड्ने भन्दै नेतृत्वका लागि संकेत गरेका छन्।

यसैगरी, सो समूहबाट नेता गोपालमान श्रेष्ठले समेत आफू पनि सभापतिमा उठ्ने तयारी गरिरहेको बताउँदै आइरहेका छन्। उनले आफू सभापतिमा उठ्ने बताए।

यस्तै, संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत पार्टी नेतृत्वका लागि आफू तयार रहेको सन्देश नेता कार्यकर्तालाई दिँदै आइरहेका छन्।

सो समूहबाट कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंहले समेत सभापतिमा आफूलाई अघि सारेका छन्। नेता सिंहले आफू देशभरको नेतकार्यकर्ताको चाहनाअनुसार नै पार्टी नेतृत्वका लागि अघि बढेको बताए।

संस्थापनइतर समूहबाटै हालका महामन्त्री डा. शशांकको समेत पार्टी नेतृत्वका लागि तयारी तीव्र छ। उनले पनि आफू आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि अघि बढिसकेको पटक पटक बताइसकेका छन्।

यसैगरी नेता डा. शेखर कोइरालाले समेत पार्टी नेतृत्वका लागि आफूलाई अघि बढाइरहेका छन्। उनी सकेसम्म इतर पक्षबाट आफूलाई एक्लो उम्मेदवार बनाउन प्रयासरत छन्।

सो समूहबाटै नेता अर्जुननरसिंह केसीले समेत पार्टी नेतृत्वका लागि तयारी अघि बढाएका छन् । उनले पार्टीमा नेताभन्दा नीति र विधि विधानको पालनामा जोड दिँदै नेताकार्यकर्तालाई एकीकृत गर्दै अघि बढेका छन् ।

यसैगरी तेस्रो धारबाट नेता सिटौलाले पनि आफू पार्टी नेतृत्वका लागि तयार रहेको सन्देश पहिले नै दिइसकेका छन । उनले १३औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा केही समयअघि भएको एक कार्यक्रममार्फत आफू पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रने बताएका थिए ।

सोही समूहबाट यूवा नेता गगन थापाले समेत पार्टी नेतृत्वका लागि आफूलाई अघि बढाइरहेका छन् । उनले पार्टीलाई नयाँ रूप र जीवन दिन आफू तयार रहेको भन्दै विभिन्न कार्यक्रममार्फत सन्देश दिँदै आइरहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .