छापा खबर


डा. गोविन्द केसीको स्वास्थ्य बिग्रदो, कसैलाई मतलब छैन

डा. गोविन्द केसीको स्वास्थ्य बिग्रदो, कसैलाई मतलब छैन

नेपालखबर
असोज ३, २०७७ शनिबार २:९,

पाँच दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनलाई २४सै घन्टा रेखदेख गर्न सकिने सुरक्षित ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्न चिकित्सकले सुझाएका छन् । 

शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाका चिकित्सक प्रवीणकुमार गिरीको टोलीले डा. केसीको स्वास्थ्य जाँच गरेको छ ।

चिकित्सकको टोलीले डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको बताएका छन् । चक्कर लाग्ने, मुटुको चाल बढेको, मांसपेशी बाउँडिने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, पिसाबको मात्रामा कमी, रक्तचाप कम भइरहेको डा. गिरीले बताए को खबर आजको नयाँ पत्रिकामा छ।

उनको दिनमा तीनपटक सामान्य जाँच भइरहेको बताउँदै उनले भने, ‘रगतमा चिनीको मात्रालगायत अन्य जाँच गर्न नमानेको, नशाबाट सलाइन लिन र अस्पताल पनि जान मान्नुभएको छैन ।’

त्यस्तै, डा. केसीलाई जतिसुकै वेला पनि जटिल स्वास्थ्य समस्या आउन सक्ने डा. अनुपमंगल समालले बताए । ‘रगतमा चिनीको मात्र अतिन्यून भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने, रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा पनि हुन सक्ने भएकाले स्वास्थ्य जटिलता आउन सक्छ,’ डा. समालले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad