छापा खबर


कोरोना महामारीमा पनि के गर्दैछन नेपालमा ठूलो संख्याका विदेशीहरु?

कोरोना महामारीमा पनि के गर्दैछन नेपालमा ठूलो संख्याका विदेशीहरु?

नेपालखबर
असोज ३, २०७७ शनिबार १:५८,

कोरोना महामारीबीच पनि नेपालमा अझै ठूलो संख्यामा विदेशी नागरिक बस्दै आएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार हाल करिब १० हजार विदेशी (भारतीयबाहेक) नागरिक नेपालमा बस्दै आएका छन् । नेपाल बसेकामा सबैभन्दा धेरै नेपालीभाषी विदेशी र चिनियाँ नागरिक छन् । पोखरालगायत ठाउँमा बसिररहेका उनीहरू आफूलाई नेपाल नै सुरक्षित लागेको बताउँछन् ।

हाल नेपालमा रहेका विदेशीमध्ये धेरै बिजनेस तथा गैरपर्यटक भिसामा रहेको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । ‘यो वर्ष जनवरीयता करिब २५ हजार विदेशी नेपाल आएको देखिन्छ, त्यसमध्ये करिब १५ हजार फर्किएका छन् । १० हजार अझै नेपालमा बसिरहेको हाम्रो अनुमान छ,’ निर्देशक तिवारीले भने । कतिपय विदेशी अहिले पनि भिसा थप्न अध्यागमन विभाग गइरहेका खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन।

१० हजारमध्ये धेरै ‘बिजनेस भिसा’मा आएकामध्येका छन् । त्यस्तै ‘रिलेसन भिसा’मा बस्नेको संख्या पनि ठूलो रहेको विभागले जनाएको छ । ‘रिलेसन भिसा’मा बस्नेमा धेरैजसो नेपालीभाषी छन् । एक हजारको हाराहारीमा भने पर्यटक भिसामै आएका विदेशी रहेको विभागको आकलन छ ।

विभागका अनुसार सन् २०१९ मा नेपालमा १६ हजार आठ सय विदेशीले बिजनेस तथा गैरपर्यटक भिसा लिएका थिए । त्यसमध्ये आधाजसो अझै नेपालमा रहेको र केही फर्कने क्रममा छन् । दुई साताअघि अन्तर्राष्ट्रिय उडान खुलेपछि केही विदेशी फर्कन थालेको निर्देशक तिवारीले बताए । कतिपय विदेशी नागरिकलाई सम्बन्धित मुलुकले कोरोनकै बीचमा उद्धार गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad