छापा खबर


कोरोना संक्रमण, परीक्षण र मृत्यु : विश्वका अन्य देशको तुलनामा कहाँ छ नेपाल?

कोरोना संक्रमण, परीक्षण र मृत्यु : विश्वका अन्य देशको तुलनामा कहाँ छ नेपाल?

नेपालखबर
भदौ २७, २०७७ शनिबार १:३४,

नेपालमा कोभिड तीव्र रूपमा फैलिएको छ, निको हुनेको संख्या पनि उल्लेखनीय छ।

शुक्रबारसम्म संक्रमित भएका ५१ हजार नौ सय १९ मध्ये ३६ हजार ६ सय ७२ जना भाइरसमुक्त भएका छन् । अहिले १४ हजार नौ सय २५ जना उपचारको क्रममा छन् । तीन सय २२ को मृत्यु भएको छ ।

नेपालमा प्रति १० लाखमा मृत्युदर ११ छ । मृत्युदर बंगलादेशमा २८, पाकिस्तानमा २९, अफगानिस्तानमा ३६, भारतमा ५६ र माल्दिभ्समा ५७ छ । श्रीलंकामा भने मृत्युदर प्रति १० लाख शून्य दशमलव ६ मात्रै छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

अमेरिकामा संक्रमितको संख्या धेरै मात्र छैन, मृत्युदर पनि उच्च छ । जनसंख्याको हिसाबमा प्रति १० लाखमा अमेरिकामा पाँच सय ९४ जनाको मृत्यु भाइरस संक्रमणका कारण भएको छ । त्यस्तै, इटालीमा प्रति १० लाखमा मृत्युदर पाँच सय ८९ छ । तर, ब्राजिलमा मृत्युदर अमेरिका र इटालीभन्दा पनि धेरै छ । त्यहाँ प्रति १० लाखमा ६ सय १० को मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म आठ लाख २१ हजारको परीक्षण भएको छ, यो भनेको प्रति १० लाख जनसंख्यामा २८ हजार परीक्षण भएको छ । छिमेकी भारतमा प्रति १० लाखमा ३९ हजारको परीक्षण भएको छ।

दक्षिण एसियामा सबैभन्दा धेरै परीक्षण माल्दिभ्सले गरेको छ । पाँच लाख जनसंख्या भएको माल्दिभ्समा एक लाख २७ हजारको परीक्षण भएको छ । यो संख्या प्रति १० लाखमा हिसाब गर्दा दुई लाख ३५ हजार हुन्छ । त्यस्तै, भुटानले पनि प्रति १० लाखमा एक लाख ४४ हजारका दरले परीक्षण गरेको छ । भुटानमा कुल जनसंख्या सात लाख ७३ हजार छ ।

 पाकिस्तानमा प्रति १० लाखमा १२ हजार नौ सय, श्रीलंकामा ११ हजार ६ सय, बंगलादेशमा १० हजार दुई सय र अफगानिस्तानमा दुई हजार सात सयको परीक्षण भएको छ ।

परीक्षणमा खाडीको देश युएई अग्रपंक्तिमा छ । उसले प्रति १० लाखमा आठ लाख र बहराइनले सात लाखको परीक्षण गरेका छन् । त्यस्तै, युरोपमा डेनमार्क अगाडि छ । डेनमार्कले प्रति १० लाखमा चार लाख ९७ हजार, इटालीले एक लाख ५९ हजार र नेदरल्यान्डले एक लाख ६ हजारको परीक्षण गरेका छन् ।

अमेरिकाले प्रति १० लाखमा दुई लाख ७२ हजार, रसियाले दुई लाख ७३ हजार, चीनले एक लाख ११ हजारको परीक्षण गरेका छन् ।

अफ्रिकी देशमा रुवाण्डाले प्रति १० लाख जनसंख्यामा ३४ हजार नौ सय नौ, जिम्बाबेले १० हजार दुई सय र इथियोपियाले नौ हजार सात सय परीक्षण गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad