छापा खबर


अमेरिका र भारतप्रति नेकपा नरम, यसरी संशोधन गरियाे दस्ताबेज

अमेरिका र भारतप्रति नेकपा नरम, यसरी संशोधन गरियाे दस्ताबेज

नेपालखबर
साउन ७, २०७६ मंगलबार ०:३१,

सत्तारुढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ।

पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो।

राजनीतिक दस्ताबेजका दुई ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको छ।

दस्ताबेजमा अमेरिकी नीतिका कारण व्यापार युद्ध हुनसक्ने सम्भावना औंल्याइएको थियो।

भारतवको सवालमा पनि नेकपाले अहिले अमूर्त विश्लेषण गरेको छ।यो खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन्।

दस्ताबेजको पृष्ठ १७ मा छिमेकी शासकहरू भनेर प्रस्ट संकेत गरेको भारतीय व्यवहार झिकेर वैदेशिक प्रतिक्रियावादी शक्ति राखिएको छ। 

संविधान संशोधनको विषयलाई नेकपाको दस्ताबेजले पहिले स्वीकार गरे पनि अहिले मौन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .