छापा खबर


आधा दर्जन गाडी चढ्छन् वनमन्त्री बस्नेत, सचिवालयमा सात मोटरसाइकल पनि

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री बस्नेत, सचिवालयमा सात मोटरसाइकल पनि

नेपालखबर
साउन ७, २०७६ मंगलबार ०:२७,

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन्।

उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।

यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका चार गाडी र सात मोटरसाइकल लिएको छ।

२०७४ मा संशोधित ‘मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २५६ लिटर पेट्रोल र त्रैमासिक रुपमा ५ लिटर मोविल’ मात्र पाउने उल्लेख छ।

सरकारी सवारी साधन दुरुपयोगबारे मन्त्री बस्नेतले प्रतिक्रिया दिन चाहेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .