छापा खबर


निषेधाज्ञाले पनि घटेन संक्रमण, उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित थपिए

निषेधाज्ञाले पनि घटेन संक्रमण, उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित थपिए

नेपालखबर
भदौ ७, २०७७ आइतबार ०:४०,

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप दुई सय १६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन्।

काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो। शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो।

निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न नसकेको खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ।

भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन भई जनजीवन सामान्य अवस्थामा आइपुगेको भन्दै ती देशका नागरिकले जनस्वास्थ्यका मापदण्ड पूरा गरेको हुनाले अवस्था सामान्य भएको उनीहरूको बुझाइ छ।

त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजिस्ट केन्द्रीय विभागीय प्रमुख मेघराज बन्जाराले नेपालमा नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेकाले सङ्क्रमित घट्न नसकेको बताए। अहिले देखिएका ‘केस’ साउन महिनाको भएकाले निषेधाज्ञा भए पनि सङ्क्रमणको सङ्ख्या धेरै देखिएको उनको भनाई छ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले स्वास्थ्य मन्त्रालय, महानगरपालिका लगायतका निकायका कारण सङ्क्रमण बढेको बताए।उनले समुदायभन्दा माथि गइसकेको सङ्क्रमण रोक्न कठिन हुने भन्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्ने र नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्न सक्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad