छापा खबर


स्वाब दिन इन्कार गर्ने उपमेयर बजारमा निस्फिक्री घुम्दा‍‍‍...

स्वाब दिन इन्कार गर्ने उपमेयर बजारमा निस्फिक्री घुम्दा‍‍‍...

नेपालखबर
भदौ ३, २०७७ बुधबार ०:५१,

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले परीक्षणका लागि स्वाब दिन नमान्दा स्थानीय त्रसित बनेका छन्।

उनका पतिमा कोरोना संक्रमण पुष्टि भएपछि पनि उनले परीक्षणका लागि स्वाब दिन नमानेकी खबर आजको नागरिक दैनिकले छापेको छ।

पतिको रिपोर्ट बलजफ्ती र षड्यन्त्रपूर्वक पोजेटिभ बनाएको आरोप लगाउँदै उपमेयर खातुनले आफूलाई केही नभएको दाबी गरेकी छन्। उनले कुनै हालतमा पिसिआर टेस्ट नगराउने अडान लिएकी छन्।

पतिमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा एकाघरका सबैको पिसिआर टेस्ट गर्नुपर्ने आफ्नो आग्रहलाई उपमेयर खातुनले इन्कार गरेको मेयर सियाराम कुशवाहाले बताए।

स्वाब दिन इन्कार गर्ने उपमेयर बजारमा निस्फिक्री घुमिरहेकाले स्थानीय त्रसित बनेका छन्।

उपमेयरले पिसिआर गराउन इन्कार गरे उनको घरमा सिल गर्न प्रहरीलाई निर्देशन दिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad