छापा खबर


‘होलबडी चेकअप’ मा मनपरीः १५ देखि २५ हजारसम्म असुली, कुन अस्पतालले कति असुल्छन्?

‘होलबडी चेकअप’ मा मनपरीः १५ देखि २५ हजारसम्म असुली, कुन अस्पतालले कति असुल्छन्?

नेपालखबर
साउन ५, २०७६ आइतबार ३:१६,

सरकारी तथा निजी अस्पतालले ‘होलबडी चेकअप’को नाममा हजारौं रुपैयाँ असुल्दै आएका छन्।

उनीहरूले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

अस्पतालपिच्छे शुल्क फरक फरक हुँदा बिरामी अन्योलमा परेका छन्। सरकारले प्रभावकारी नियमन र अनुगमन नगर्दा त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा परेको छ।

ललितपुरस्थित मेडिसिटी अस्पतालले सामान्य शरीर जाँच शीर्षकमा ४ हजार ५ सय र ‘ओभर अल’ चेकजाँच शीर्षकमा २१ हजार रुपैयाँ लिने गरेको छ।

यस्तै, काठमाडौंस्थित ओम अस्पतालले ‘होल बडी चेकअप’ को ४ हजार ५ सयदेखि १५ हजार ४ सय रुपैयाँसम्मको प्याकेज बनाएको छ।

जसअन्तर्गत पी वान प्याकेजमा ४ हजार ५ सय, पी टू प्याकेजमा ७ हजार ५० र पी थ्री प्याकेजमा ८ हजार ७ सय रुपैयाँ छ । शरीरका सबै भाग चेकजाँचका लागि पुरुषतर्फ १५ हजार ४ सय र महिलातर्फ १४ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ।

कार्डियो प्याकेजतर्फ ११ हजार ३ सय र १३ हजार तोकिएको अस्पतालले जनाएको छ।

मेडिकेयर हस्पिटलले शरीर जाँचका लागि ६ हजार ५ सय रुपैयाँ लिने गरेको छ । त्यस्तै, एभरेस्ट अस्पतालले जनरल चेकअप भन्दै ४ हजार रुपैयाँ लिने गरेको छ। यस्तै, कार्डियोतर्फ ६ हजार रुपैयाँ तोकिएको छ।

गाइनोतर्फ ८ हजार ५ सयदेखि १३ हजार ५ सय र इन्डो गाइनोतर्फ ३ हजार २ सयदेखि ६ हजार ५ सय रुपैयाँ लिँदै आएको छ । ग्र्यान्डी अस्पतालले बेसिक प्याकेजअन्तर्गत २ हजार र एक्जुकेटिभ प्याकेजअन्तर्गत २० हजार रुपैयाँ तोकेको छ।

त्यस्तै, सिभिल अस्पतालले शरीर जाँच शीर्षकमा १ हजार ७ सय ५० देखि ५ हजार रुपैयाँसम्म लिने गरेको छ। बेसिक प्याकेजअन्तर्गत १ हजार ७ सय ५०, एड्भान्स प्याकेजअन्तर्गत ३ हजार ४५ र कम्प्रिहेन्सिभ प्याकेजअन्तर्गत ५ हजार ७ सय तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad