छापा खबर


समाजावादी-राजपाले एकता गरेर सबैलाई चकित पार्ने !

समाजावादी-राजपाले एकता गरेर सबैलाई चकित पार्ने !

नेपालखबर
साउन २, २०७६ बिहिबार २:१९,

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीरकण प्रक्रिया भित्रभित्रै धेरै अघि बढेको छ।

तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी सबैलाई चकित पारेजस्तै समाजवादी र राजपाबीच जतिसक्दो चाँडो एकीकरण गरी चकित पारेर देखाउन दुवै पार्टीका नेताहरूले औपचारिक–अनौपचारिक वार्ता अघि बढाएका छन्।

राजपाका वरिष्ठ उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लले समाजादी पार्टी र राजपाबीच एकीकरणका लागि औपचारिक–अनौपचारिक वार्ता र छलफल पटकपटक भइरहेको बताउँदै जतिसक्दो चाँडो टुंगो लगाउने तयारी भएको बताए।

उनले भने, ‘अहिले बाढीपीडित उद्धारको काममा नेताहरू मधेसमा व्यस्त हुनु भएको छ। बाढी पहिरोको मौसम सकिएपछि एकीकरण प्रक्रिया पुनः अघि बढ्छ।’

बाढीपीडित क्षेत्रमा नेताहरू व्यस्त भएकोले विगत ८/१० देखि वार्ता प्रक्रिया रोकिएको उनले जनाए। यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

दुई पार्टीबीच एकीकरण प्रक्रिया अघि बढेको समाजवादी पार्टीका महासचिव रामसाह यादवले पनि बताए।

‘दुइ पार्टीबीच एकीकरण प्रक्रिया औपचारिक–अनौपचारिक रूपमा अघि बढेको छ। यसका लागि विभिन्न तहमा छलफल भइहेको छ,’ उनले भने। एकीकरण प्रक्रियाको नेतृत्व गरिरहेका दुवैपक्षका शीर्ष नेताहरू भने एकीकरण प्रक्रियाबारेमा धेरै बोल्न चाहन्नन्।

राजपाका अध्यक्षमण्डलका एक सदस्य भन्छन्, ‘अहिले सबै कुरा बाहिर ल्याउने हो भने एकता भाँड्न सुरु हुन्छ। हुन लागेको एकता पनि बिग्रन्छ। त्यसैले यसबारेमा केही नभनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad