ad ad

छापा खबर


बाटो हिँड्दै गरेकालाई पहिरोले पुर्‍यो, पूर्वगाविस अध्यक्षसहित तीनको मृत्यु

बाटो हिँड्दै गरेकालाई पहिरोले पुर्‍यो, पूर्वगाविस अध्यक्षसहित तीनको मृत्यु

नेपालखबर
असार ३०, २०७७ मंगलबार २३:५५,

पहिरोले पुरिएर स्याङ्जामा पूर्वगाविस अध्यक्षसहित तीनजनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । दुईजनाको जीवितै उद्धार गरिएको छ ।

मंगलबार बिहान मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका-४ खहरेका ६५ वर्षीय इमानसिंह राना, ६० वर्षीय जिमानसिंह थापा, ५० वर्षीय टीकाबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पूर्वगाविस अध्यक्षसमेत रहेका इमानसिंहको उपचारको क्रममा बिर्घा स्वास्थ्य चौकीमा मृत्यु भएको र अन्य दुईजना खोजतलास गर्ने क्रममा मृत भेटिएको अधिकारीले बताए । पहिरोमा पुरिएका ६० वर्षीय प्रेमचन्द्र पाण्डे अझै बेपत्ता रहेका खबर आजको नयाँ पत्रिका दैनिकमा स्याङ्जाबाट नारायण विश्वकर्माले लेखेका छन्।

पहिरोमा पुरिएका ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर रानाको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारको भइरहेको छ । होमनाथ पाण्डे वडा नम्बर ४ को वडा सदस्यसमेत हुन् । पहिरोमा परी मृत्यु हुने, घाइते र हराएका ६ जना एकै गाउँका हुन् ।

धारोमा पानी नआएपछि मंगलबार बिहान ८ बजे पानी बनाउन उनीहरू घरबाट हिँडेका थिए । बाटोमा हिँड्दै गरेका उनीहरूलाई माथिबाट आएको पहिरोले पुरेको डिएसपी अधिकारीले जानकारी दिए ।

उनका अनुसार सोही स्थानको खहरे खोलामा बाढी आई खोलाले धार परिवर्तन गर्दा चार घर जोखिममा परेका छन् । स्थानीय वीरबहादुर राना, देवबहादुर थापा, जिमानसिंह थापा र तिलिसरा थापाको परिवार विस्थापित भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .