छापा खबर


देशभर बाढीपहिरो : दुई दिनमा २६ को मृत्यु, ६० बेपत्ता

देशभर बाढीपहिरो : दुई दिनमा २६ को मृत्यु, ६० बेपत्ता

नेपालखबर
असार २७, २०७७ शनिबार ०:२,

बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् ।

७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना बेपत्ता छन् ।

सिन्धुपाल्चोकमा बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मात्रै बाढीपहिरोबाट दुई करोड सात लाखभन्दा बढीको धनमाल क्षति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताएका छन् ।

शुक्रबार राति देशवासीका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखी तुल्याएको पनि बताएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad