छापा खबर


काठमाडौं पसेका सलह कागको आहारा बन्दै

काठमाडौं पसेका सलह कागको आहारा बन्दै

नेपालखबर
असार १८, २०७७ बिहिबार ०:४१,

काठमाडौंबासी मंगलबार आकाशतिर हेरेर रमाए। किनकि बाली र हरियालीलाई पूर्ण क्षति गर्ने सलह किरालाई बथानका बथान कागले खाइरहेका थिए।

सलह भगाउन थाल ठटाउने, आगो बालेर धुँवा निकाल्नेदेखि छर्रा हान्नेसम्मका घरेलु उपाए अपनाएको पाइन्छ। तर काठमाडौंमा कागले नै खाइदिएकाले त्यस्तो कुनै उपाय गर्नु नपरेको खबर आजको नागरिक दैनिकले छापेको छ।

कागलगायत पन्छीको पर्यावरण सन्तुलनमा विशेष भूमिका हुन्छ नै। अझ हिन्दु समाजले कागलाई पूजा गर्छ।

सलहको आगमनसँगै काठमाडौंबासीले आफ्नो संस्कृति र जीवनपद्धतिसँग जोडिएका कागको थप महत्व बुझ्न पाए।

चराविज्ञ हेमसागर बराल कागजस्ता सबै खालका चराले पर्यावरणलाई नियमित रुपमा सेवा दिएको बताउँछन्।

बराल भन्छन्, ‘कागले सलह खाएको त एउटा उदाहरण मात्र हो। यस्ता धेरै चराले सलह खाए होलान्। उनीहरुले आहारा मात्र पाएनन्, सलह नियन्त्रणमा पनि सहयोग भयो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad