डोल्पामा जिप व्यवसायीले सर्वसाधारणसँग मनपरी भाडा असुलेका छन्।
सदरमुकाम दुनैदेखि सँपानीसम्म १३ किमी सडकमा यात्रा गरेको भाडा पाँच सय रुपैयाँ छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा डोल्पाबाट रामचन्द्र न्यौपानेले लेखेका छन्।
यो सडकमा एक दर्जन जिप चल्छन्। हेलिकप्टर र तुइनबाट ल्याएर आन्तरिक रुपमा जिप सञ्चालन गरिएको हो।
महंगो भाडा तिर्नुपर्दा यात्रु मर्कामा परेका छन्।
‘सिंहदरबार गाउँ गाउँमा आएको भने पनि धेरैजसो कामका लागि सदरमुकाम नै धाउनुपर्छ। दुनै आउन जान एक हजार भाडा तिर्नुपर्छ, अरु खाना, खाजा जोड्दा दुई हजार खर्च हुन्छ,’ त्रिपुरासुन्दरी नगरपालिका १ का डल्लो कुलालले भने, ‘नेपाली सेनाले दुनैसम्मको सडक राम्रो बनाए पनि जिपको भाडा झन् बढाएको छ।’
दुनैदेखि जुफालसम्म ९ किलोमिटरको मात्रै चार सय भाडा तिर्नुपर्छ।

प्रतिक्रिया