छापा खबर


१८ सय बालबालिका हराएको हरायै

१८ सय बालबालिका हराएको हरायै

नेपालखबर
असार २८, २०७६ शनिबार १:१८,

बाजुराको बडिमालिका ९ मार्तडीका १४ वर्षीय श्याम रावल हराएको ४ वर्ष भयो। उनी कहाँ, कस्तो अवस्थामा छन्, अत्तोपत्तो छैन।

हराएलगत्तै आफन्तले जिल्ला प्रहरी कार्यालय बाजुराको महिला तथा बालबालिका सेवा केन्द्रमा बालक खोजिदिन आग्रह गर्दै निवेदन दिएका थिए।

‘उनका बाआमाले बाहिरी जिल्लाबाट गाउँमा घर बनाउन आएका मानिससँग भागेको हुन सक्ने भन्छन्, कता गए भेटिएको छैन,’ अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष कमलकुमारी सालले भनिन्।

हराएर वर्षाैंसम्म नभेटिनेमा श्याम मात्र छैनन्। वार्षिक सयाैँको संख्यामा बालबालिका ‘बेखबर’ हुन्छन्। यो खबर आजको कान्तिपुरमा विद्या राईले लेखेकी छन्। 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतलास समन्वय केन्द्र, भृकुटीमण्डपको तथ्यांक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad