ad ad

छापा खबर


काठमाडौं प्रवेशमा कडाइ : नागढुंगा नाकाबाट चार सय गाडी फर्काइयो

काठमाडौं प्रवेशमा कडाइ : नागढुंगा नाकाबाट चार सय गाडी फर्काइयो

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ४:८,

कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं प्रवेशमा कडाइ गरिएको छ।

पहुँचका आधारमा पास लिएर विनाकाम उपत्यका छिर्न खोज्ने करिब चार सयभन्दा धेरै सवारीसाधनलाई प्रहरीले नाकढुंगाबाट फर्काएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पछिल्लो चार दिनमा नागढुंगा नाकाबाट मात्र चार सय १६ सवारीसाधन फर्काइएका हुन् । जसमध्ये धेरैजसोले पास लिएका थिए । २२ वैशाखमा ७४, २३ गते एक सय तीन, २४ गते दुई सय २७ तथा २५ गते ४९ वटा सवारीसाधन फिर्ता पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए।

तराईका केही जिल्लामा कोरोना संक्रमण विस्तार भएपछि अत्यावश्यक सेवाबाहेकको अवस्थामा उपत्यकाबाहिरबाट आउन रोक लगाइएको हो।

‘सोधपुछ गर्दा कुनै अत्यावश्यक काम नभएको देखिएपछि फिर्ता पठाइएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘कतिपय पास लिएर घुम्न निस्कको पाइयो ।’ कतिपय एम्बुलेन्सले समेत बिरामी भनेर यात्रु बोक्ने गरेको उनको भनाइ छ।

केही एम्बुलेन्सलाई समेत त्यसरी फर्काइएको थियो । विगतमा उपत्यकाबाट बाहिरिने धेरै हुनेमा पछिल्लो केही दिनमा भित्रिन खोज्ने बढेपछि कडाइ गरिएको हो । उपत्यकाका अन्य नाकामा पनि विनाकाम उपत्यका छिर्न खोज्ने यात्रुलाई रोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .