छापा खबर


निजगढ विमानस्थल निर्माणको लागि यस्तो आयो वैकल्पिक ढाँचा, पाँच वर्षमा काम सकिने

 निजगढ विमानस्थल निर्माणको लागि यस्तो आयो वैकल्पिक ढाँचा, पाँच वर्षमा काम सकिने

नेपालखबर
असार २५, २०७६ बुधबार ०:३९,

बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको सिमरा कार्यालयले वन र वातावरणको कम क्षति तथा लगानीसमेत घट्नेगरी वैकल्पिक ढाँचा सार्वजनिक गरेको छ।

सरकारलाई अघि बढाउनै सकस बनेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एकातर्फ रुख कटानको विवाद छ भने अर्कोतिर लगानी कसरी जुटाउने भन्ने चिन्ता छ।

‘सरकारलाई सघाउन वैकल्पिक र उत्तम उपायसहितको अवधारणा ल्याएका छौँ,’ आयोजना प्रमुख ओम शर्माले भने, ‘निर्माण मोडालिटी, स्रोत व्यवस्थापन र वातावरणीय मुद्दा व्यवस्थापनका विकल्पहरु यस अवधारणामा समाविष्ट छन्।

आफूले प्रस्तुत गरेको विकल्पमा गए आगामी पाँच वर्षभित्रै विमानस्थ निर्माण गरी सञ्चालन गर्न सकिने उनको दाबी छ। यो खबर आजको कारोबार दैनिकमा बाराबाट प्रकाश लम्सालले लेखेका छन्।

शर्माका अनुसार अवधारणाअन्तर्गत पहिलो पाँच वर्षमा एउटा धावनमार्ग र टर्मिनल भवनलगायतका संरचना बनाएर विमानस्थल चलाउन सकिन्छ।

कुल एक खर्ब १० अर्ब रुपैयाँ लगानीबाट पहिलो चरणको काम सकिने उनको आकलन छ।

यसको लागि वार्षिक ३० अर्ब स्रोत व्यवस्थापन गर्दा पुग्ने उनले बताएका छन्।

पाँच वर्षको पहिलो निर्माण चरणमा १० हजार रुख काट्दा पुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad