ad ad

समाज


कोरोना अपडेटः मृतकको संख्या लाख नाघ्यो, संक्रमित १७ लाख

कोरोना अपडेटः मृतकको संख्या लाख नाघ्यो, संक्रमित १७ लाख

नेपालखबर
चैत २९, २०७६ शनिबार ०:२७,

कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या एक लाख नाघेको छ भने संक्रमित १७ लाख पुग्न लागेका छन्।

नेपाली समय अहिले शनिबार बिहान ६:१० बजेको तथ्यांक (वर्ल्डओमिटर) अनुसार कोरोनाका कारण विश्वभर मृत्यु भएकाको संख्या अहिलेसम्म १ लाख २ हजार ६ सय ८७ पुगेकाे हाे। यसैगरी यसबाट संक्रमितको संख्या १६ लाख ९७ हजार ५ सय ३३ पुगेकाे छ।

यसैगरी ३ लाख ७६ हजार १ सय ९ संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

कोरोनाको चपेटामा सबैभन्दा बढी अमेरिका, इटली र स्पेन परेका छन्।

विश्वमा अहिलेसम्म सबैभन्दा बढी इटलीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ भने दोस्रोमा अमेरिकामा १८ हजार ७ सय १९ जनाको मृत्यु भएको छ। 

यसैगरी तेस्रोमा स्पेनमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ काेरोनाका कारण अहिलेसम्म १६ हजार ८१ जनाको मृत्यु भएको छ।

संक्रमित सबैभन्दा बढी अमेरिकामा
कोरोना संक्रमित सबैभन्दा बढी अमेरिकामा देखिएको छ। त्यहाँ अहिलेसम्म कोरोनाबाट ५ लाख ४९ जना संक्रमित भइसकेका छन्।

यसपछि सबैभन्दा बढी संक्रमण स्पेनमा देखिएको छ। त्यहाँ अहिलेसम्म १ लाख ५८ हजार २ सय ७३ जना संक्रमित फेला परेका छन्।

यसपपिछ विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा देखिएका छन्। त्यहाँ अहिलेसम्म १ लाख ४७ हजार ५ सय ७७ जना कोरोनाबाट संक्रमित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .