ad ad

छापा खबर


आफैँले गाडी चलाएर टेकु पुगेकी थिइन् कोरोना संक्रमित युवती

आफैँले गाडी चलाएर टेकु पुगेकी थिइन् कोरोना संक्रमित युवती

नेपालखबर
चैत ११, २०७६ मंगलबार ०:१५,

फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी एक नेपाली युवतीमा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको जीवाणु देखिएको पुष्टी गरेको हो।

आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेको समाचार अनुसार उनी दोहामा चार घन्टा ट्रान्जिट हुँदै काठमाडौँ आएकी थिइन्।

त्रिभुवन विमानस्थलमा सामान्य ज्वरो नापेर उनलाई छाडिएको थियो। उनी घरमै क्वारेन्टाइनमा बसेकी थिइन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उनको परिवारका सदस्य स्वास्थ्य क्षेत्रमा आवद्ध भएका कारण घरमा पूर्ण रुपमा क्वारेन्टाइनमा राखिएको थियो।

फ्रान्सबाट आउँदा जहाजमा उनीसँगै भियतनामी साथी पनि थिइन्। उनीहरु आ-आफ्नो देश लागेका थिए।

भियतनाम पुगेपछि उनको साथीलाई क्वारेन्टाइनमा राखियो। स्वास्थ्य जाँच गर्दा उनमा कोरोना संक्रमण देखियो।

त्यसलगत्तै उनले नेपालमा रहेकी साथीलाई एसएमएसमार्फत जानकारी गराएकी थिइन्।

चिकित्सकहरुका अनुसार नेपाली युवती आफैँ गाडी चलाएर स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन्।

र्‍यालकाे नमुना दिएर उनी घर फर्किएकी थिइन्।

तर, घरमा बस्दा परिवारका अरु सदस्यको सम्पर्कमा नआएकी ती उवतीलाई उद्धृत गर्दै टेकु अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले जानकारी दिए।

यस बीचमा उनलाई सामान्य खोकी लागेको पनि चिकित्सकले बताएका छन्।

आइतबार राति साढे १० बजे उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आएको थियो।

डा. भण्डारीका अनुसार अहिले संक्रमित युवतीलाई आइसोलेसन वार्डमा भर्ना गरेर उपचार भइरहेको छ।

रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि चिकित्सकहरुले आइतबार राति ११ बजे नै उनलाई घरबाट टेकु अस्पताल ल्याएका थिए।

यसअघि गत १० माघमा चीनको वुहानबाट स्वदेश फर्किएका जनकपुरका ३२ वर्षीय युवामा पनि कोरोना पोजेटिभ देखिएको थियो।

उपचारपछि उनी स्वस्थ भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .