छापा खबर


घरभित्रै बस्न प्रहरीको आग्रह, उपत्यकामा थाल्यो प्रहरीले यस्तो अभियान

घरभित्रै बस्न प्रहरीको आग्रह, उपत्यकामा थाल्यो प्रहरीले यस्तो अभियान

नेपालखबर
चैत १०, २०७६ सोमबार ३:३४,

‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ।

सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी राखेको छ।

प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा समेचतना फैलाउन थालिएको खबर आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।

प्रहरीले अति आवश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ।

सरकारले कोरोना सङ्क्रमण रोक्न गरेको निर्णय कार्यान्वयन गर्न सर्वसाधारणको सुरक्षाका लागि ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थ भित्रै बस्नुहोस्,’ सन्देश बनाई सतर्कता अपनाउन आग्रह गरिएको थप जानकारी दिए।

सर्वसाधारण अनावश्यक रूपमा बाहिर निस्किँदा प्रहरी कर्मचारी पनि प्रभावित हुन सक्छन् भन्दै उनले भने, ‘‘नागरिकको सुरक्षाका लागि प्रहरी सडकमा खटेको छ। अफ्ठ्यारो पर्दा प्रहरी सहयोग गर्न घरघरमै आइपुग्छ। तयारी अवस्थामा राखिएको छ।’

सर्वसाधारण नागरिकमा समस्या देखिने वित्तिकै आवश्यक सुविधाका लागि महानगरीय प्रहरीले प्रहरी अस्पतालको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिरामीको सुविधाका लागि डोर टु डोर सेवा गरिएको हो।

काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य बजार क्षेत्रहरू (जहाँ सर्वसाधारणको बाक्लो भीड लाग्छ) पनि बन्द गर्ने विषयमा प्रहरी छलफलमा जुटेको छ।

महानगरीय प्रहरी अन्तर्गत प्रहरी महाशाखा, प्रहरी परिसर, गण, गुल्म, वृत्त र प्रभागको सरसफाइका अतिरिक्त त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई मास्क प्रयोग, साबुनपानीले हात धुने, अनावश्यक व्यक्तिसँग भेट नगर्ने, भीडभाड हुन नदिने र ब्यारेकमा बेडको दूरी बढाउन निर्देशन दिएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्रीले भ्रम र अफवाह फैलाउने र कालोबजारी गर्नेविरुद्ध कडाइ गरिएको बताए।

सार्वजनिक यातायात तथा हवाई सेवाको टिकट, खाद्यान्न लगायतका उपभोग्य वस्तुको कालोबजारी गर्नेविरुद्ध कारबाही सञ्चालन गरी उपत्यकाबाट मात्र ५० जनाभन्दा बढी पक्राउ परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .