सिंगापुरबाट शनिबार राति आएको सिल्क एयरले युरोपका यात्रु पनि बोकेको भन्दै नागरिक उड्डयन प्राधिकरणले विमान फर्काउन खोज्दा यात्रुले प्रतिवाद गरेका छन्।
यात्रु नओराली विमान फर्कन खोज्दा यात्रुले हो-हल्ला गरेपछि सबै यात्रुलाई झर्ने अनुमति प्रदान गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
नागरिक उड्डयन प्राधिकरणले सुरुमा विमान फिर्ता गर्न निर्देशन दिए पनि यात्रुको विरोधका कारण सबैलाई ओरालिएको छ।
नेदरल्यान्डबाट आएका यात्रुलाई भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा पठाइएको छ भने अन्य ९७ लाई सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै राति नै विमानस्थलबाट छाडिएको छ।
3
Shares
प्रतिक्रिया