छापा खबर


काठमाडौं-तराई फास्ट ट्र्याकमा चलखेल भइरहेकाे आशंका

काठमाडौं-तराई फास्ट ट्र्याकमा चलखेल भइरहेकाे आशंका

नेपालखबर
असार २०, २०७६ शुक्रबार ३:२७,

सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ।

भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो।

अहिले कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआरमा लागत बढाएर एक खर्ब ७५ अर्ब रुपैयाँ पर्याइएको छ।

यो दुई वर्षअघिको डिपिआरको तुलनामा ५६ प्रतिशतभन्दा बढी हो। यो खबरआजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्।

आयोजना बनाउने जिम्मा पाएको नेपाली सेनाले भारतीय कम्पनीले पहिले तयार गरेको डिपिआर स्वीकार गरेको छैन।

भारतीय कम्पनीले डिपिआरको लागत ६१ करोड रुपैयाँ तोकेपछि सेनाले धेरै भएको भन्दै कोरियन कम्पनीलाई पुनः डिपिआर तयार पार्न लगाएको थियो।

कोरियन कम्पनीले दु्रतमार्गको डिपिआर १० करोड रुपैयाँमा सेनालाई उपलब्ध गराएको हो।
कोरियन कम्पनीले दु्रतमार्गको डिपिआर १० करोड रुपैयाँमा सेनालाई उपलब्ध गराएको हो।

आयोजना प्रमुख तथा सेनाका महासेनानी शरदलाल श्रेष्ठले कोरियन कम्पनीले तयार गरेको डिपिआरमा फास्ट ट्र्याकको लागत एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख रुपैयाँ उल्लेख भएको जानकारी दिए।

पुरानो डिपिआर सेनाले अस्वीकार गरेको र नयाँलाई सरकारले स्वीकृत नगर्दा दुई वर्षदेखि यो आयोजनाको काम राम्रोसँग हुन सकेको छैन।

सरकारले २०७४ वैशाख २१ गते दु्रतमार्ग निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। उक्त निर्णयपछि सोही वर्षको साउन २७ गतेदेखि सेनाले काम सुरु गरेको हो।

कोरियन कन्सल्टेन्सीले तयार पारेको डिपिआरमाथि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोलीले अध्ययन गरिरहेको छ। ‘सेनाले तीन साताअघि पछिल्लो डिपिआर भौतिक मन्त्रालयसमक्ष पेस गरेको छ,’ मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले भने, ‘डिपिआरको लागत बढी देखियो भने थप छलफल र अध्ययन हुन्छ, त्यसै अनुमति दिइँदैन।’ दु्रतमार्गमा प्रस्ताव गरिएको लागत बढी हो वा होइन भन्ने अध्ययनपछि मात्र यकिन हुने उनले बताए।

भारतीय कम्पनीले भन्दा कोरियन कम्पनीले डिपिआर बनाउने रकम कम लिएको देखाउने तर आयोजनाको लागत ५६ प्रतिशतले बढाउने कार्यलाई शंकाको दृष्टिले हेर्नुपर्ने पूर्वाधारविद् औंल्याउँछन्।

पूर्वाधारबारे जानकारी राख्ने सरकारी अधिकारीहरु आयोजनाको लागत एकैचोटि ५६ प्रतिशतले बढाइनुमा चलखेल भएको आशंका गर्छन्।

भारतीय कम्पनीले भन्दा कोरियन कम्पनीले डिपिआर बनाउने रकम कम लिएको देखाउने तर आयोजनाको लागत ५६ प्रतिशतले बढाउने कार्यलाई शंकाको दृष्टिले हेर्नुपर्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad