छापा खबर


आयोगले थाल्यो ४७ पदका लागि उपनिर्वाचनको तयारी

आयोगले थाल्यो ४७ पदका लागि उपनिर्वाचनको तयारी

नेपालखबर
असार २०, २०७६ शुक्रबार ०:२४,

निर्वाचन आयोगले मतादाता नामावली अद्यावधिक गराउन सार्वजनिक आह्वान गरेको छ।

प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष ४, उपमहानगर प्रमुख १ र वडाध्यक्ष ३८ गरी ४७ पदका लागि उपनिर्वाचन गराउनुपर्ने अवस्था रहेको आयोगले जानकारी दिएको छ ।

निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गराउन पाइँदैन। उपनिर्वाचनको आवश्यक आन्तरिक तयारीमा जुटेको आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेललले बताए।

सरकारले नीति तथा कार्यक्रममा आव २०७६/७७ मा उपनिर्वाचनको काम सक्ने भनेकाले आयोगले आफ्नो काम गरिरहेको उनको भनाइ छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

‘निर्वाचनका लागि मतदाता नामावली महत्त्वपूर्ण पक्ष हो, उमेर पुगेका नागरिकले मतदान गर्न पाऊन् भन्ने उद्देश्यले समयमै मतदाता नामावली अद्यावधिक गराउन आग्रह गरेका हौं,’ उनले भने, ‘त्यसबाहेक उपनिर्वाचनका लागि कार्यविधि बनाउने, आवश्यक बजेट, निर्वाचन सामग्रीको आकलन गर्नेलगायत काम गरिरहेका छौं।’

७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट नियमति रूपमै मतदाता दर्ताको कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ।

निर्वाचित जनप्रतिनिधिको निधन भएका कारण प्रतिनिधिसभातर्फ कास्कीमा २, प्रदेशसभातर्फ बागलुङमा २, भक्तपुरमा १ र दाङमा २ निर्वाचन क्षेत्र रिक्त छन्।

त्यस्तै स्थानीय तहतर्फ धरान उमहानगरको मेयर, महोत्तरी पिपरा, संखुवासभाको मकालु र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पद रिक्त छन्।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त रहेकाले त्यहाँ उपनिर्वाचन गराउनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad