ad ad

छापा खबर


वीरगञ्ज नाकाबाट तीन दिनमा १२८ ग्यास बुलेट भित्रिए

वीरगञ्ज नाकाबाट तीन दिनमा १२८ ग्यास बुलेट भित्रिए

नेपालखबर
चैत १, २०७६ शनिबार १:४३,

वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १२८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार ११० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा ग्यास बुलेट मङ्गलबार, बुधबार र बिहीबार गरी तीन दिनमा वीरगञ्ज भन्सार नाका भएर नेपाल भित्रिएका हुन्।

बजारमा खाना पकाउने एलपी ग्यास नपाइने गरेको जनगुनासो बढी रहेको बेला वीरगञ्ज नाका भएर अन्य सामान्य अवस्थाका दिनमा जस्तै ग्यास बोकेका बुलेट आइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले बताए।

दैनिक ४२ देखि ४६ वटा ग्यास बोकेका बुलेट वीरगञ्ज नाका भएर आउने गरेकोमा पछिल्लो तीन दिनमा पनि त्यही अनुपातमा ग्यास बोकेका बुलेट आएको तथ्याङ्कमा देखिने खबर आजको गोरखापत्र दैनिकमा पर्साबाट दीपकप्रसाद गौतमले लेखेका छन्।

जनवरी १ देखि मार्च १२ सम्ममा पाँच करोड ८५ लाख ६३ हजार ९३० किलोग्राम खाना पकाउने एलपी ग्यास वीरगञ्ज नाका भएर आयात भएको र पछिल्लो तीन दिनमा २२ लाख ६३ हजार ११० किलोग्राम ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।

विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि भोलिका दिनमा खाना पकाउने ग्यास अभाव होला कि भनेर उपभोक्तले आ–आफ्नो घरमा ग्यास मौज्दात राख्न थालेपछि एलपी ग्यासको माग बढेको बताइन्छ।

उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्नु नै माग बढ्नुका कारण रहेको नेपाल आयल निगमको दाबी छ।

नेपालका ३३ प्रतिशत परिवारले खाना पकाउने ग्यासको प्रयोग गर्दै आएका र कुल एक करोड १२ लाख प्रतिसिलिन्डर प्रयोगमा रहेको निगमले जनाएको छ।

३५ हजार मेट्रिक टनले २४ लाखवटा सिलिन्डर मात्र भरिन्छ भने हाल मासिक ३८ देखि करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास आयात गरिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .