ad ad

छापा खबर


वैद्यखानाका चिकित्सक भन्छन्- ‘कोरोनाबाट जोगिन नेपाली घर-आँगनकै जडीबुटी उपयोगी’

वैद्यखानाका चिकित्सक भन्छन्- ‘कोरोनाबाट जोगिन नेपाली घर-आँगनकै जडीबुटी उपयोगी’

नेपालखबर
चैत १, २०७६ शनिबार ०:५८,

आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ।

वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्माले बजारमा पाइने अनेक ब्रान्डका औषधिको भरपर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सक्ने बताए।

आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेको समाचार अनुसार पूर्वीय सभ्यताबाट निर्देशित आम नेपालीका घरमा विविध जडीबुटी पाइने भए पनि त्यसको सही उपयोग गर्ने बानी छैन।

चिकित्सक शर्माका अनुसार गाउँघरतिर प्रयोग हुने जडीबुटीको प्रयोगमा चेतना जगाउनुपर्छ। सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिने शर्माको भनाई छ।

शर्माले आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसारका साथमा एक टुक्रा चन्दनको टुक्रा मिसाएर घरमै उमालेर बिहान बेलुका एक÷एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढ्छ, जुन ताजा हुन्छ र त्यसले दिने शक्ति शरीरले सहजै लिने बताए।

यदि भाइरल लागिसकेको अवस्था छ भने पनि त्यसले भाइरलको मात्रा घटाउन ठूलो मद्दत गर्छ।

खोप र औषधि नभएकाले विश्वभर कोरोना भाइरसबाट कसरी बच्ने भन्ने चर्चा व्यापक छ। विश्वमै चिकित्सकले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै अहिलेको मुख्य सावधानी भनेका छन्।

विश्व स्वास्थ्य सङ्गठनले शरीरमा एन्टीबडी बलियो बनाउँदै भाइरस नसर्ने उपाय अवलम्बन गर्न सुझाएको छ।

सावधानीका सवालमा मास्क, स्यानिटाइजरको प्रयोग, हात धुने, नजिक नबस्ने जस्ता उपाय आधुनिक चिकित्साले सुझाएको छ।

सिंहदरबार वैद्यखानाले विश्वमा फैलँदो रूपमा रहेको कोरोनाको लक्षण र यसविरुद्ध गर्न सकिने सम्भावनाका बारेमा अध्ययन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .