ad ad

छापा खबर


बेडबाट उठेर प्रधानमन्त्री ओलीले ठट्यौली गर्दै भने-‘मेरो आयु १५ वर्ष थपियो’

बेडबाट उठेर प्रधानमन्त्री ओलीले ठट्यौली गर्दै भने-‘मेरो आयु १५ वर्ष थपियो’

नेपालखबर
फागुन २४, २०७६ शनिबार १:२२,

आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गरेका छन्।

स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग ठट्टा गर्दै आफू रोगसँग सहज किसिमले सामना गर्न सक्षम रहने बताउँदै आएका छन्।

बेडबाट उठेर यताउता हिँड्न थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य परीक्षण गर्न आएका चिकित्सकसँग अब आफ्नो आयु १५ वर्ष थपिएको भन्दै ठट्टा गरेका खबर आजको राजधानी दैनिकले छापेको छ।

उपचारमा संलग्न एक चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सोचेभन्दा बढी सुधार हुँदै गएको बताए।

उनले आफूलाई अझै १५–२० वर्ष केही नहुने भनेपछि चिकित्सकहरू मुस्कुराएका थिए । प्रधानमन्त्री ओलीले चिकित्सकसँग ठट्टाका क्रममा आफ्ना बावु मोहनप्रसाद ओलीलाई स्मरण गरेका थिए।

‘मिर्गौलाले काम गर्न थाल्यो अब मलाई १५-२० वर्ष केही हुँदैन’ ओलीले ठट्यौली शैलीमा चिकित्सकसँग भने ‘मेरा बा अहिले ९० वर्ष हुनुभयो अब म पनि त्यति नै वर्षसम्म बाँच्छु होला हैन?’ प्रधानमन्त्री ओली हाल ६८ वर्षका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली हिँड्डुल गर्न थालेका छन् । बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रबार तेस्रो दिन हिँडडुल गराउन र ठोस खानेकुरा दिन थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .