ad ad

छापा खबर


नेपालमा मिर्गौला दिने महिला र लिनेमा पुरुष बढी, किन हुन्छ यस्तो?

नेपालमा मिर्गौला दिने महिला र लिनेमा पुरुष बढी, किन हुन्छ यस्तो?

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार २:२३,

नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन्।

ओलीलाई पहिलोपटक भाइबुहारी पर्ने अन्जन घिमिरे ओलीले मिर्गौला दिएकी थिइन्। प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दान गर्ने पनि समीक्षा संगौला ज्ञवाली हुन्।

आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेको समाचार अनुसार त्रिवि शिक्षण अस्पतालको तथ्यांक अनुसार मिर्गौला दिनेमा महिला बढी छन् भने लिनेमा पुरुष बढी।

यो अस्पतालमा प्रधानमन्त्री ओलीसहित ६ सय १४ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। जसमध्ये ६५ प्रतिशत पुरुष छन्। मिर्गौला दान गर्नेमा ७० प्रतिशत महिला रहेको अस्पतालको तथ्यांकले देखाउँंछ।

मिर्गौ प्रत्यारोपण हुने वीर अस्पताल र धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि मिर्गौला दाता महिला नै बढी भएको पाइएको छ।

अन्तर्राष्ट्रिय एक जर्नलका अनुसार भारत, पाकिस्तान तथा दक्षिण एसियाली राष्ट्रमा समेत महिला मिर्गौला दाता नै बढी छन्। ती राष्ट्रमा पनि ७० प्रतिशत मिर्गौला दाता महिला छन्।

चिकित्सकका अनुसार दक्षिण एसियाली देशको तुलनामा विकसित तथा पश्चिमा राष्ट्रमा भने महिला मिर्गौला दाताको संख्या कम छ।

नेपाल तथा दक्षिण एसियामा महिला मिर्गौला दाता बढी हुनुको पछि सामाजिक मनोविज्ञान तथा पितृसत्तात्मक समाज कारक रहेको त्रिवि शिक्षण अस्पतालका नेफोलोजी विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह बताउँछिन्।

‘पुरुषलाई घरको खम्बाको रुपमा नेपाली समाजले लिएको छ, ऊबिना परिवार नचल्ने मनोविज्ञान महिला र सिंगो समाजमा देखिन्छ,’ उनले भनिन्। शाहको विचारमा पुरुषको तुलनामा महिलाको मिर्गौला स्वस्थ हुनाले पनि यस्तो भएको हुन सक्छ।

त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.महेशकुमार सिग्देलको विचारमा पनि नेपाली समाजको सामाजिक तथा आर्थिक पक्षका कारणले मिर्गौला दान गर्ने महिला बढी भएका हुन्।

साथै महिलामा हुने दयालुपनले पनि उनीहरू अरुलाई मिर्गौला दिन उत्पे्ररित भएको देखिएको सिग्देल बताउँछन्। ‘पुरुषभन्दा महिला बढी दयालु हुन्छन्, यो पनि एउटा कारण हो’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .