ad ad

छापा खबर


प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण : ‘अहिले नै शरीरले मिर्गौला लियो भन्न मिल्दैन’

प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण : ‘अहिले नै शरीरले मिर्गौला लियो भन्न मिल्दैन’

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १:१९,

प्रधानमन्त्री केपी ओली एक साता अस्पतालमै रहने भएका छन् । कुनै समस्या नआए एक सातामा डिस्चार्ज दिने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षा गरेभन्दा धेरै राम्रो छ,’ शल्यचिकित्सक प्रा.डा.प्रेमराज ज्ञवालीले भने।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार ओलीलाई तरल तथा नरम खानेकुरा दिन थालिएको छ । प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमा काम गर्न थालिसकेको अस्पतालले जनाएको छ।

तर, मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति संक्रमणको उच्च जोखिममा रहने भएकाले उपचारमा संलग्न चिकित्सकबाहेक अन्यलाई भेट गर्न दिइएको छैन।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले भने, ‘प्रधानमन्त्रीज्यू घाउ दुख्यो भने दुख्यो भन्नुहुन्छ । अन्य वेला ठीक छ, दुखेको छैन भन्नुहुन्छ ।’ संक्रमणलाई मध्यनजर गर्दै ओलीलाई एक सातापछि आइसियूबाटै डिस्चार्ज दिने तयारी चिकित्सकको छ।

प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गर्न थाले पनि अहिले नै शरीरले मिर्गौला लियो भनेर दाबी गर्ने वेला भने नभएको चिकित्सकहरू बताउँछन्।

प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .