ad ad

छापा खबर


‘भान्जी’ ले दिँदैछिन् ओलीलाई मिर्गौला

‘भान्जी’ ले दिँदैछिन् ओलीलाई मिर्गौला

नेपालखबर
फागुन १९, २०७६ सोमबार ०:१३,

प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो।

११ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरु भेला भएका थिए।

उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक पनि काटेका थिए।

प्रधानमन्त्री निवासमा प्रायः देखिइरहने एक महिला पनि त्यही उपस्थित थिइन्।

केही समययता प्रधानमन्त्री निवासमा बाक्लै आउजाउ गरिरहेकी ती महिला नातेदार हुन् भन्नेबाहेक सचिवालयमै कार्यरत धेरैलाई उनको परिचय थाहा थिएन।

त्यस दिन भने प्रधानमन्त्री ओलीले आफैँले ती महिलाको परिचय गराए।

सचिवालयका उपस्थित सदस्यहरुलाई ओलीले भने, ‘मलाई मिर्गौला दिने उनै हुन्।’

प्रधानमन्त्रीले सचिवालयका सदस्हरुलाई मिर्गौला दाताका रुपमा चिनाइएकी ३२ वर्षीया ती महिला झापाकी हुन्।

नातामा उनी ओलीकी ‘भान्जी’ पर्छिन्। यो खबर आजको कान्तिपुर दैनिकमा स्वरुप आचार्य र बिनु सुवेदीले लेखेका छन्।

झापा चारआलीकी ती महिला पहिले ओलीलाई मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन्।

त्यस हिसाबले उनी प्रधानमन्त्री ओलीकी पनि भान्जी नाता पर्ने पारिवारिक स्रोतहरुको भनाई छ।

अन्जान प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन्। ओलीका भाइ तारा ओलीकी श्रीमती उनी राष्ट्रपति कार्यालयमा कार्यरत छिन्।

स्रोतका अनुसार भान्जी पर्ने महिलाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिने छ।

दाता महिलाको गतसाता नै सबै शारीरिक परीक्षण सकिएको छ।

ओलीलाई उनको मिर्गौला प्रत्यारोपण गर्ने टुंगो मंसिरको दोस्रो साता नै लागेको थियो।

प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा बुधबार हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .