ad ad

छापा खबर


प्रधानमन्त्री ओलीले आफ्नै प्रेस सल्लाहकार सूर्य थापालाई किन लगेनन् जन्मघर तेह्रथुम?

प्रधानमन्त्री ओलीले आफ्नै प्रेस सल्लाहकार सूर्य थापालाई किन लगेनन् जन्मघर तेह्रथुम?

नेपालखबर
फागुन १४, २०७६ बुधबार २:३८,

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका सूर्य थापा खासमा ईश्वर पोखरेलका भित्रिया हुन्।

तर उनले पार्टीका अर्का अध्यक्ष प्रचण्ड, पूर्वमाओवादीले आफ्नो विरासतका रूपमा गर्व गर्ने जनयुद्धजस्ता विषयमा अशिष्ट टिप्पणी गर्ने, पार्टी एकतालाई विलयको अर्थमा प्रस्तुत गर्नेजस्ता काम गरिदिँदा प्रधानमन्त्री ओली र प्रचण्डबीचकै सम्बन्धमा पनि चिसोपना आइरहेको थियो।

यही कुरालाई दृष्टिगत गर्दै प्रधानमन्त्रीले केही दिनयता सूर्यलाई धेरै स्पेस नदिने नीति अख्तियार गरेका छन्।

आज बुधबारको जनआस्था साप्ताहिक लेख्छ- त्यसैले आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाँदा प्रधानमन्त्रीले सूर्यलाई जान दिएनन्। जबकि हेलिकोप्टर चढेर जाने सूचीमा पहिला उनको नाम थियो।

त्यसपछि बदनाम नै सही, सल्लाहकार विष्णु रिमालका भान्जा पर्ने, कांग्रेस पृष्ठभूमिका मनोज पाण्डे तेह्रथुम लगिए।

यता तेह्रथुम जान नपाएको रिस, अर्कातिर वामदेव शक्तिमा आउँदा आफू सोत्तर हुनुपर्ने, ईश्वरलाई पनि घाटा पर्ने पिरले सताएपछि पार्टी गोपनीयता खोल्ने काम सुरु भयो, सिंहदरबारस्थित प्रधानमन्त्री सचिवालयभित्रबाटै।

सूर्यले आइतबार दिउँसो कान्तिपुरकी बिनु सुवेदीलाई बोलाएर कुरा चुहाए। तर त्यसपछि अरू पत्रकारलाई पनि उनले पालैपोलो बोलाएका थिए, त्यही कुरा भन्नलाई।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .