राजधानीको बाफलमा एक जनाले श्रीमती र सालीमाथि एसिड प्रहार गरेका छन्।
गोरखा घर भएका २९ वर्षीय शिव रम्तेलले मदिराको सुरमा आइतबार राति श्रीमती सुनिता रम्तेल र १५ वर्षीया सालीमाथि एसिड छ्यापेका खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।
राति अबेर घर फर्केका उनले श्रीमतीसँग भनाभन भएपछि ट्वाइलेटमा रहेको एसिड ल्याएर छ्यापेका थिए।
उनलाई रोक्ने क्रममा सालीको आँखा र शरीरमा एसिड परेको छ।
रम्तेललाई प्रहरीले पक्राउ गरेको छ। सुरुमा श्रीमानको डरले उजुरी दिन आनाकान गरेकी सुनिताले प्रहरीले सम्झाएपछि मात्रै किटानी जाहेरी दिएकी छन्।
तर, सुरुमा किटानी जाहेरी दिने पीडितले श्रीमानले जानीजानी एसिड प्रहार नगरेको र त्यो एउटा सामान्य दुर्घटना भएको बताउन थालेकी छन्।
‘मेरो बुढा हो, मलाई थाहा छ उसको कुरा’ उनले भनिन्, ‘यो कुरा खोतल्न जरुरी छैन।’
प्रतिक्रिया