छापा खबर


प्रधानमन्त्री  ओलीको प्रस्ताव- गोकुलको छानबिन पार्टीले गर्नुपर्दैन

प्रधानमन्त्री  ओलीको प्रस्ताव- गोकुलको छानबिन पार्टीले गर्नुपर्दैन

नेपालखबर
फागुन ११, २०७६ आइतबार १:४४,

प्रधानमन्त्री केपी ओलीले सुरक्षित मुद्रण सम्झौताको कमिसनसम्बन्धी अडियो संवाद प्रकरणमा पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राज्यले नै छानबिन गर्ने बताएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा बाँस्कोटाको अडियो प्रकरणमाथि छलफल गरेर पार्टीले धारणा तय गर्नुपर्ने विषय उठेको थियो।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नैतिकताका आधारमा बाँस्कोटाले राजीनामा दिएर छानबिनका लागि ढोका खुला गरिसकेकाले अब पार्टीले थप निर्णय गरिरहनुनपर्ने भन्दै ‘च्याप्टर क्लोज’ गर्न प्रस्ताव गरेका थिए। आजको नयाँ पत्रिकामा याे खबर छापिएकाे छ। 

ओलीको त्यस्तो प्रस्तावपछि बाँस्कोटाको विषयमा थप छलफलै नगरी बैठक एमसिसी छलफलमा प्रवेश गरेको थियो। ‘त्यस विषयमा छलफलका लागि प्रवेशै भएन,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमसिसी सम्झौतामाथि मात्र छलफल अघि बढेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad