ad ad

छापा खबर


प्रदेश २ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

प्रदेश २ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

नेपालखबर
फागुन ५, २०७६ सोमबार ३:४४,

महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्यले प्रदेश २ मा सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक बनेको निष्कर्ष प्रदेश २ सरकारले निकालेको छ।

प्रदेश सरकारद्वारा सार्वजनिक दुई वर्षको उपलब्धि विवरणमा अभियान सफल भएको उल्लेख छ।

मुख्यमन्त्री लालबाबु राउतका अनुसार अभियानले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ। सो अभियानअन्तर्गत हालसम्म माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ हजार छात्रालाई साइकल वितरण र करिब १५ हजारलाई वितरण गर्न प्रक्रिया अगाडि बढाइएको सरकारले जनाएको छ।

साइकल वितरण कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाका २९ विद्यालयका एक हजार ५३५ , सिरहाका २५ विद्यालयका एक हजार ६१६ , धनुषाका ३२ विद्यालयका एक हजार ७८५ र महोत्तरीका ३१ विद्यालयका एक हजार ८७० छात्रालाई साइकल वितरण गरिएको छ।

त्यसैगरी सर्लाहीमा ४२ विद्यालयका दुई हजार ४५७, रौतहटका २८ विद्यालयका एक हजार ४०८, बाराका २६ विद्यालयका एक हजार ६७५ र पर्साका २७ विद्यालयका एक हजार ६५४ छात्रालाई साइकल वितरण गरिएको छ।

‘छोरी जन्मनुलाई सराप होइन वरदान’का रूपमा लिनुपर्छ भन्ने भावना वृद्धि गरी जीवन सुरक्षित गर्ने उद्देश्यले सरकारले छोरी बीमाको रकमलाई वृद्धि गरी तीनलाख पु¥याएको छ।

सो अभियानप्रति विभिन्न पालिका उत्साहित भई सरकारद्वारा दिइएको रकममा थप गरी छ लाख पु¥याउने लहर आएको सरकारले जनाएको छ।

प्रदेश सरकारले गत वर्षको माघ १ गतेपछि जन्मिएका छोरीका लागि छोरी शिक्षा बीमा मुद्दति बचत कार्यक्रम सञ्चालन गर्दे आएको छ। सो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा चार हजार ३७३ बीमित बालिकाको खातामा रकम जम्मा भइसकेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार सप्तरी जिल्लाका ६४७, सिरहा जिल्लाका ३६२, धनुषा जिल्लाका ७८१, महोत्तरी जिल्लाका ७२६, सर्लाही जिल्लाका ३०५, रौतहट ७६०, बारा जिल्लाका ४४१ र पर्सा जिल्लाका ३५१ बीमित बालिकाको खातामा रकम जम्मा भएको छ।

सोही कार्यक्रमअन्तर्गत २०७६ साउनदेखि कात्तिकसम्म दर्ता भएका तीन हजार बालिकाको खातामा रकम पठाउने अन्तिम तयारी छ।

त्यस्तै चालु आवको माघ २ देखि माघ २९ गतेसम्म सञ्चालित शिविरमा २० हजार २५ छोरीको बीमाका लागि निवेदन दर्ता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .