छापा खबर


दीक्षा भइन् एसईई युनिभर्सल

दीक्षा भइन् एसईई युनिभर्सल

नेपालखबर
असार १६, २०७६ सोमबार ३:१९,

‘मिस एसईई युनिभर्सल– २०१९’ को ताज दीक्षा ढकालले जितेकी छन्।

१९ प्रतियोगीलाई पछि पर्दै उनी शीर्ष विजेता बन्न सफल भएकी हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

फेसबुक च्वाइस, मोस्ट पपुलर र मोस्ट ब्युटिफुल उपाधिसमेत हात परेकी ढकालले विभिन्न अवसर र पुरस्कार उपहारको रूपमा प्राप्त गरिन्।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सजिना नेपाल बेस्ट स्पिचसहित फस्टरनर अप, रिया गहतराज मोस्ट फोटोजेनिकसहित सेकेन्ड रनरअप चुनिँदा प्रनिका श्रेष्ठ बेस्ट र्‍याम्पवाकसहित थर्ड रनर अप र अनुजा पुरी बेस्ट डान्ससहित फोर्थ रनरअफ घोषित भए।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा ममता वली पब्लिक च्वाइस र भ्युवर्स च्वाइस, नम्रता थापा बेस्ट स्माइल, ईशा केसी ब्युटी विथ पर्पस, विविशा लामिछाने मिस ट्यालेन्ट, अदिति सुनुवार बेस्ट हेयर, सञ्चिता लामा बेस्ट स्क्रिन, स्नेहा लामा तामाङ मोस्ट डिस्पिलिन, करिना मानन्धर बेस्ट पर्सनालिटी, श्रेया श्रेष्ठ मोस्ट फ्रेन्डली, बिना घले मोस्ट चार्मिङ, झरना थापामगर फेसन आइकन, सलिना बुढाथोकी सोसल वेलफेयर एम्बेसडर, दीक्षा राई म्यानेजमेन्ट च्वाइस्, प्रीति खड्का मोस्ट एक्टिभ उपाधि विजेता बन्न सफल भए।

एसईई दिएर बसेका छात्राको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा बाटो देखाउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सीईओ प्रीति कार्कीले बताइन्।

आकाश गिरीको इभेन्ट म्यानेजमेन्टमा आयोजित प्रतियोगिताको सञ्चालन तथा कोरियोग्राफी अश्विनी झाले गरेका थिए।

अभिनेता रमेश बुढाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवाल, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित विष्ट, गायक तथा डाक्टर आभास लाभ, आइडियल स्कुलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इन्टरनेसनल तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी प्रतियोगितामा निर्णायक रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad