छापा खबर


आफ्नै कार्यकक्षमा ल्याएर युवती बलात्कार गर्ने डीएसपी भए बेपत्ता

आफ्नै कार्यकक्षमा ल्याएर युवती बलात्कार गर्ने डीएसपी भए बेपत्ता

नेपालखबर
माघ २७, २०७६ सोमबार २:४१,

यौन-हिंसाको आरोप लागेर पक्राउ पुर्जी जारी भएपछि पूर्वडीएसपी राजकुमार खिउजू सम्पर्कविहीन भएका छन्।

ललितपुरको गिम्दी घरकी २२ वर्षीया युवतीलाई पटकपटक करणी गरेको बेहोराको उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ पुर्जी जारी गरेको थियो।

खिउजू अहिलेसम्म सम्पर्कमा नआएको परिसरका प्रवक्ता एसपी दुर्गा सिंहले बताउँदै विशेष संयन्त्रमार्फत खोजी कार्य भइरहेको जानकारी दिए। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ।

महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला पूर्वडीएसपी खिउजूले आफूमाथि पटकपटक यौनहिंसा गरेको ती युवतीको आरोप छ।

२०७६ साउनमा सरुवा भई मोरङ पुगेका खिउजूले चापागाउँ रहँदा पटकपटक यौनहिंसा गरेको आरोप लगाएर ती युवतीले उजुरी दिने थाहा पाएपछि गत पुसमै राजीनामा दिएका थिए।

समाचारअनुसार सुरक्षा गार्डको जागिर खान नजिकको प्रहरीबाट सिफारिस आवश्यक परेकाले ती युवती खिउजुको सम्पर्कमा पुगेकी थिइन्।

चापागाउँमा डेरा गरी बस्ने ती युवतीले सोही समय खिउजुले आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छिन्।

त्यसयता आफ्नो डेरामा पुगेर र आफ्नो नग्न तस्वीर र भिडियो खिची धम्क्याउँदै पटकपटक यौनशोषण गरेको ती युवतीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad