छापा खबर


महिलाले आफूलाई कोरोना संक्रमण छ भनेपछि त्यसै भागे बलात्कारी

महिलाले आफूलाई कोरोना संक्रमण छ भनेपछि त्यसै भागे बलात्कारी

नेपालखबर
माघ २७, २०७६ सोमबार ०:४४,

एक चिनियाँ महिला आफूलाई कोरोना भाइरसको संक्रमण भएको भनी ढाँटेर बलात्कारको प्रयास गर्ने एक व्यक्तिलाई भगाउन सफल भएकी छन्।

२५ वर्षीय सियाओल गत शुक्रबार महिलाको बेडरुममा गएको र बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।

उक्त व्यक्तिले सेक्सुअल आक्रमणको प्रयास गरेसँगै स्वस्थ महिलाले आफू भर्खरै उहानबाट आएको र कोरोना भाइरसको संक्रमित भएको भनेर चिच्याएकी थिइन्।

त्यसैले आफू घरमा एक्लै क्वारेन्टाइनका लागि बसेको उनले बताएकी थिइन्।

प्रहरीका अनुसार पीडितले आफूलाई खोकी लागेको भए पनि कोरोना भाइरस भएको भनेर ढाँटेकी थिइन्। सियाओले उनको घाँटी थिच्ने र मुख छोप्ने प्रयास गरेका थिए।

यीको यस किसिमको दाबीपपछि बलात्कारी भाइरस सर्ने डरले भागेको खबर एजेन्सीलाई उधृत गर्दै आएको कारोबार दैनिकले छापेको छ।

यो घटना जिङ्सानको बाहिर रहेको पिङ्बा नगरमा भएको हो। यो सहर उहानबाट ३ घण्टाको ड्राइभिङको दूरीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad