छापा खबर


सचिव फेरबदल हुँदै : कोको बन्दै छन् नयाँ सचिव?

सचिव फेरबदल हुँदै : कोको बन्दै छन् नयाँ सचिव?

नेपालखबर
माघ २६, २०७६ आइतबार २:४०,

निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ।

सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव ल्याउनेगरी गृहकार्य अगाडि बढाएको खबर आजको राजधानी दैनिकले छापेको छ।

निजामती सेवा ऐनअनुसार रिक्त एक सचिव पदका लागि तीन जनाको सिफारिस हुने प्रावधान छ । सरकारले रिक्त सचिव पदमा पालैपालो सहसचिवलाई बढुवा गर्ने तयारी गरेको हो।

 पछिल्ला वर्षमा ज्येष्ठताका आधारमा नै सचिव बढुवा हुने परम्परा बस्दै आएको छ।

गृहसचिव प्रेमकुमार राई, अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रस्टका गजेन्द्र ठाकुर भर्खरै मात्रै सेवा निवृत्त भएपछि सचिव पद रिक्त भएको हो । यसैगरी, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले पनि पदावधि सकिनुअगावै राजीनामा दिएका छन् ।

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रक्रिया थालेसँगै रिक्त प्रशासनतर्फको तीन सचिव पदमा वरिष्ठ सहसचिवहरू एकनारायण अर्याल, टेकनारायण पाण्डे र रामशरण पुडासैनी सचिव बन्ने निश्चित छ।

सचिवमा बढुवा हुने तयारीमा रहेका सहसचिवहरूमध्ये अर्याल हाल कोलकातास्थित नेपाली महावाणिज्यदूतमा कार्यरत छन्।

अर्याल कुशल प्रशासकका रूपमा परिचित छन् । सुधारक छविका उनी गृहका अनुभवी हुन् । यी तीनमध्ये सबैभन्दा पहिला पाण्डे सचिव बन्नेछन् । पाण्डे शिक्षाका अनुभवी हुन् । पाण्डेलगत्तै अर्याल सचिव बन्नेछन् भने अर्यालपछि पुडासैनीको सचिव बन्ने बाटो खुल्नेछ।

यसो त उनीहरू सचिव बन्नेक्रममा अन्य वरिष्ठ सहसचिवहरू अर्जुनप्रसाद पोख्रेल, लक्ष्मीकुमारी बस्नेत, मानबहादुर विके, कृष्णबहादुर राउत, गोकर्णमणि दुवाडीलगायतका सहसचिवहरू पनि बढुवाका लागि सिफारिसमा पर्नेछन् । तर, तत्काल उनीहरू सचिव बन्ने सम्भावना भने छैन।

कृषि मन्त्रालयका सचिव जिसीले २९ माघदेखि लागू हुनेगरी राजीनामा दिएपछि त्यहाँ पनि सचिव पद रिक्त हुने भएको छ।

उनले राजीनामा दिएपछि रिक्त रहने सचिव पदमा वरिष्ठताका आधारमा सहसचिव योगेन्द्र कार्की रहे पनि कृषि अनुदान आयोजना प्याक्टअन्तर्गतको कार्यक्रममा भएको व्यापक अनियमिततामा मुछिएकाले उनको सचिव हुने सम्भावना न्यून छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad