छापा खबर


हेटौँडा-काठमाडौँ ‘रोपवे’ पुनः सञ्चालन गर्ने तयारी

हेटौँडा-काठमाडौँ ‘रोपवे’ पुनः सञ्चालन गर्ने तयारी

नेपालखबर
माघ १९, २०७६ आइतबार १:३०,

विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा-काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ।

बागमती प्रदेश सरकारले तयारी स्वरूप अध्ययन थालेको खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

कुनै बेला तराईबाट आयातित सामान हेटौँडा हुँदै काठमाडौँसम्म ढुवानीको भरपर्दो साधनका रूपमा रहेको ‘रोपवे’लाई बागमती प्रदेश सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

रोपवे २०५६ सालदेखि पूर्ण रूपमा बन्द छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुककै यातायातको इतिहाससँग जोडिएको हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको बताए।

‘रोपवे मुलुकको यातायात तथा ढुवानी साधनको इतिहाससँग समेत जोडिएको छ । इतिहासको संरक्षणका साथै पर्यटकीय दृष्टिकोणले समेत महìवपूर्ण रहेकाले प्रदेश सरकारले यसलाई पुनः सञ्चालन गर्नेछ,’ पौडेलले भने, ‘अध्ययनले दिएको प्रतिवेदनका आधारमा थप काम अगाडि बढाइनेछ।’

हेटौँडादेखि काठमाडौँसम्म कुल लम्बाइ ४२.२ किलोमिटर रहेको रोपवे २०५६ सालमा बिग्रिँदा चार लाख रुपियाँको अभावमा मर्मत सम्भार हुन नसक्दा बन्द भएको थियो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०५९ सालमा यसलाई खारेज नै गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad