शुक्रबार ट्रोपिकल तथा सरुवा रोग अस्पताल (टेकु)को आइसोलेसन वार्डमा बुधबार नोवल कोरोना भाइरस संक्रमण आशंकामा चीनबाट फर्किएका एक नेपालीलाई भर्ना गरिएको छ।
हालमसम्म मुलुकमा एक जनामा मात्र यो भाइरस संक्रमणको पुष्टि भएको छ।
टेकु अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार बुधबार अपराह्न भर्ना गरिएको व्यक्तिको र्यालको नमुना बिहीबार प्रयोगशालामा परीक्षण गरिनेछ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।
चीनबाट फर्किएको एक सातापछि ती व्यक्तिमा रुघाखोकी र अलि अलि ज्वरोको लक्षण देखिएको डा. अनुप बाँस्तोलाले बताए।

प्रतिक्रिया