छापा खबर


कसले भित्र्यायो नेपालमा कोरोना भाइरस? लाग्याे पत्ता

कसले भित्र्यायो नेपालमा कोरोना भाइरस? लाग्याे पत्ता

नेपालखबर
माघ १५, २०७६ बुधबार २:३४,

नेपालको छिमेकी मुलुक चीनमा यतिबेला कोरोना भाइरसले दुःख दिएको छ। गरिबी निवारण गर्ने फाइनल वर्षको सुरुमै कोरोनोले अर्बाैं नोक्सान पुर्‍याइसकेकाे विभिन्न सञ्चारमाध्यमले बताइरहेका छन्।

चीनमा गत डिसेम्बरदेखि यो भाइरस देखिएको हो। हुबेई प्रान्तको सदरमुकाम उहानबाट सुरु भएको कोरोना भाइरस तिब्बतबाहेक सबै प्रान्तमा फैलिइसकेको छ।

चीनलाई हावाकावा बनाइरहेको कोरोना भाइरस नेपालमा ल्याउने व्यक्तिलाई जनआस्थाले पहिचान गरेको छ भनेर आज माघ १५ को जनआस्थाले खबर छापेको छ।

उहान प्राविधिक विश्वविद्यालयअन्तर्गत कम्प्युटर साइन्समा पीएचडी गरिरहेका जनकपुरका लक्ष्मण कुमार (नाम परिवर्तन) जनवरीको दोस्रो साता नेपाल आए। उनलाई त्रिभुवन विमानस्थलमा क्वारेन्टाइन परीक्षण गर्दा ज्वरो देखियो।

तुरुन्तै टेकु अस्पताल लगियो। उनमा देखिएको लक्षण सबै कोरोना भाइरससँग मिल्दोजुल्दो थियो। नेपालमा कुनै ल्याब नभएकाले रगत परीक्षण गर्न हङकङ पठाइयो। हङकङबाट नतिजा नआउँदै उनी डिस्चार्ज भइसकेका थिए।

हङकङबाट आएको रिपोर्टमा लक्ष्मण कुमारको रगतमा कोरोना भाइरस देखिएपछि टेकुमा हल्लाखल्ला भयो। उनी कहाँ छन् भनेर सोधखोज गर्दा घरमा रहेको पत्ता लाग्यो। टेकुले अहिले उनी चिकित्सकको निगरानीमा छन् भने पनि उनी फुक्काफाल हिँडिरहेका छन्।

उनलाई कुनै प्रकारको चिकित्सकीय निगरानी छैन। उनी उहानबाट काठमाडौंसम्म आउँदा विमान र विमानस्थलमा पक्कै पनि अरू व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण भएको हुन सक्छ। टेकु अस्पतालमा रहँदा पनि उनलाई विशेष कक्षमा उपचार गर्नुपर्नेमा सामान्य बिरामीलाई जस्तै गरिएको अस्पताल सूत्रले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad