छापा खबर


दैनिक फर्सी खाऊँ, बुढ्यौली भगाऊँ

दैनिक फर्सी खाऊँ, बुढ्यौली भगाऊँ

नेपालखबर
माघ ११, २०७६ शनिबार १:५५,

फर्सीमा ९० प्रतिशत पानी हुन्छ। यसलाई फलको श्रेणीमा समेत राखिन्छ।

यो शरीरका लागि अत्यावश्यक फाइटोन्युट्रिन्टसको प्रमुख प्राकृतिक स्रोतमध्ये एक हो।

यसको नियमित उपयोगले उमेरको प्रक्रियालाई समेत मत्थर गर्ने मानिन्छ।

आहार विशेषज्ञहरूका अनुसार फर्सी हृदयरोगीका लागि अत्यन्त लाभप्रद छ। यो कोलेस्ट्रोल कम गर्ने, चिसो बनाउने र मूत्रबर्धक मानिन्छ।

यसमा प्रचुर मात्रामा रेसा (फाइबर) पाइन्छ। त्यसैले पेटको गडबडीमा समेत फर्सी फाइदाजनक छ। यो जानकारी आजको कान्तिपुरमा छापिएको छ।

फर्सीले चिनीको मात्रालाई नियन्त्रण गर्छ। यसले प्यांक्रियाज अग्न्यासयलाई समेत सक्रिय र्पा। यसैले चिकित्सक मधुमेहका रोगीलाई फर्सी खाने सल्लाह दिन्छन्। फर्सीको रससमेत फाइदाजनक मानिन्छ।

फर्सीको रससमेत फाइदाजनक मानिन्छ। यसमा मुख्यत: विटा केरोटिन पाइन्छ। यसमा कार्बोहाइड्रेट, भिटामिन ‘ए’ एवं ‘सी’ र पर्याप्त मात्रामा खनिज लवण पाइन्छ।

पहेंलो र सुन्तला रंगको फर्सीमा केरोटिनको मात्रा बढी हुन्छ। फर्सीको बियाँ फलाम, जिंक, पोटासियम र म्याग्नेसियमको राम्रो स्रोत हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad