छापा खबर


आमाको काजकिरिया चार दिनमाः स्थानीयले दिए समाजबाटै बहिस्कारको धम्की !

आमाको काजकिरिया चार दिनमाः स्थानीयले दिए समाजबाटै बहिस्कारको धम्की !

नेपालखबर
असार १४, २०७६ शनिबार ०:३७,

तराई मधेशमा मृत्यु संस्कार गर्ने परम्परा लामो छ।

झन् मधेशी समुदायमा त मृत्यु संस्कारमा आर्थिक भारसमेत पर्ने गरेको छ। आर्थिक भारमा कतिपय परिवार बिचल्ली भएका घटना सार्वजनिक हुँदै आएका छन्।

पुरानो रुढीबादी संस्कारको विरोध गर्दै आएका सिरहाको सन्हैठा निवास पूर्वपत्रकार तथा समाजवादी पार्टीका नेता रामरिझन यादवले आफ्नी आमाको मृत्यु संस्कार चार दिनमै सकेका छन्।

तर, १३ दिनमा सक्नुपर्ने मृत्यु संस्कार चार दिनमै सकेको र भोज पनि नगरेको भन्दै स्थानीयबासीले यादवलाई सामाजिक बहिस्कार गरेका छन्।

यादबले आफ्नी आमा ८८ वर्षीया जगियादेवी यादवको काजकिरिया चार दिनमै सकेका हुन्।

चार दिनमा काजकिरिया सकेका यादबले बिहीबार घरमै श्रद्धाञ्जली सभा गरे।

श्रद्धाञ्जली कार्यक्रममा बौद्धिक व्यक्तित्व, विभिन्न पार्टीका नेता कार्यकर्ता त आए, तर छिमेकी नै गएनन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा सिरहाबाट सुरेन्द्र कामतिले लेखेका छन्।

गाउँलेले काजकिरिया १३ दिनसम्म नगरेको र भोजभतेर नगरेकोमा असन्तुष्टि जनाउँदै आएका छन्।

नेता यादवले यस अघि आफ्ना बाबुको काजकिरिया चार दिनमा सक्दा समाजले ५० हजार जरिवानाको फैसला गरेको थियो।

जरिवानाको रकमले गाउँमा भोज गर्नुपर्ने गाउँलेको माग थियो।

तर, यादवले जरिवानको रकममा अरु डेढ लाख रुपैयाँ थप गरेर दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

उक्त रकमले गाउँकै एक माविबाट वर्षेनी एसईई उत्तीर्ण गरेर कक्षा ११ मा पढ्ने छात्रालाई छात्रवृत्ति दिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad