छापा खबर


ओली-खनालबीच पौने चार घन्टा संवाद : खनाल भन्छन्- जीवनजगतको विषयमा कुरा भयो

ओली-खनालबीच पौने चार घन्टा संवाद : खनाल भन्छन्- जीवनजगतको विषयमा कुरा भयो

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ३:७,

प्रधानमन्त्री केपी ओली तथा नेकपाका तेस्रो वरीयताका वरिष्ठ नेता झलनाथ खनालबीच पौने चार घन्टा लामो संवाद भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारबाट अकस्मात बोलाइएपछि खनाल बिहीबार बिहान १० बजेतिरै त्यहाँ पुगेका थिए । उनीहरूबीच पौने २ बजेसम्म लगातार छलफल भएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

‘हामीबीच करिब पौने चार घन्टा दुःख-सुखका धेरै अनौपचारिक कुराकानी भयो,’ ओलीसँगको छलफलबारे खनालले भने, ‘जीवन, जगत्, वर्तमान र भविष्यका चुनौती र सम्भावनाका बारेमा छलफल गर्‍यौँ।’

सभामुख चयन प्रकरणमा पूर्वएमाले समूहका वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका नेता अग्नि सापकोटालाई साथ दिएपछि अध्यक्ष ओलीले असहज महसुस गरेका थिए।

सचिवालयमै अल्पमतमा पर्ने सम्भावना देखिएपछि ओली सापकोटाको नाममा निर्णयका लागि तयार भएको चर्चा नसेलाएकै अवस्थामा खनालसँगको लामो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, उनले सभामुख चयन प्रकरणलगायत विषयमा कुनै पनि चर्चा नभएको बताए पनि पार्टी सञ्चालन र सरकारको कामलाई अझ प्रभावकारी बनाउने विषयमा भने छलफल भएको स्वीकार गरे । ‘पार्टी र सरकारलाई राम्ररी सञ्चालन गर्नुपर्छ नत्र भोलिका दिनमा अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने कुराकानी भयो,’ उनले भने ।

ओली–खनालबीच लामो समयदेखि विश्वासिलो सम्बन्ध छैन । पार्टी एकतासँगै आफूलाई वरिष्ठ नेताको वरीयतामा तल पारिएको भन्दै खनाल ओलीसँग असन्तुष्ट थिए । तर, गत ३ भदौको सचिवालय बैठकले उनकै मागअनुसार वरीयता सच्याइएपछि भने ढिलै भए पनि पार्टीले न्यायोचित निर्णय गरेको खनालले प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad