गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘भनाभन’लाई स्थानीय प्रशासनले ‘कठोर’ सजाय हुन सक्ने गर अनुसन्धान गर्न निर्देशन एिको छ।
प्रशासनले राउतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार कारबाही गर्न अनुमती दिएको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।
कसुर पुष्टी भए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था उक्त दफामा छ।
सुरक्षा र कानुन मामिलाका जानकारहरुले भनाभन आचारण व्यवहारसँग जोडिएको तर प्रशासनले ‘अपराध’का रुपमा डिल गरेको पिप्पणी गरेका छन्।
‘यो विवादलाई ‘क्रिमिनल केस’का रुपमा ‘डिल’ गर्न मिल्दैन, यो त ‘एटिच्युड प्रोब्लम’ले निम्त्याएको परिणाम हो,’ पूर्वएआजी राजेन्द्रसिंह भण्डारीले भने।
वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले भने, ‘सार्वजनिक स्थलमा नागरिकले शासक, राज्यका निकाय र तिनका प्रतिनिधिसँग चर्को स्वरले बोल्नै नहुने? यही हो नागरिकको अभिव्यक्ति स्वतन्त्रता?’
Shares

प्रतिक्रिया