छापा खबर


मूल्य वृद्धिदर ६.५५ प्रतिशत

मूल्य वृद्धिदर ६.५५ प्रतिशत

नेपालखबर
माघ ६, २०७६ सोमबार ०:१०,

गत मंसिरमा बजार भाउ (मूल्य वृद्धिद) ६.५५ प्रतिशत बढ्यो। गत वर्षको पाँच महिनाको तुलनामा यो करिब २.८४ प्रतिशत विन्दुले बढी हो।

उक्त अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर करिब १० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.१० प्रतिशत बढेपछि मंसिरमा मूल्य वृद्धिदर अकासिएको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको पाँच महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ।

‘तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ।’

आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेको समाचार अनुसार बजारमा मूल्य वृद्धिदर निरन्तर बढ्नु नयाँ होइन । वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको छ। विगतमा पनि यस्तै थियो।

तर विगतमा सरकारी तथ्यांकले मूल्य वृद्धिदर बढेको पुष्टि गर्न अप्ठ्यारो थियो । किनकि तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहँदै आएको थियो।

चालु आर्थिक वर्षको सुरुवातसँगै परिस्थिति बदलिएको छ । यस वर्षका सबै महिनामा मूल्य वृद्धिका तथ्यांक पनि बढेर आएका छन् । तथ्यांकले बजार भाउ अचाक्ली महँगिएको पुष्टि हुने विज्ञहरू बताउँछन्।

मूल्य वृद्धि हुँदा सरकारद्वारा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा पनि असर पर्ने उनीहरूको भनाइ छ । यो वर्ष सरकारले साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ।

सो लक्ष्य प्राप्तिका लागि सरकारी खर्च बढाउनुपर्ने र त्यसले मूल्य वृद्धिमा झनै दबाब पार्ने विज्ञहरूको भनाइ छ । आन्तरिकभन्दा पनि बाह्य कारणले मूल्य वृद्धि दबाबमा रहेको विज्ञहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad